मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य 

काठमाडौँ, ३० चैत । ओपनर विरन्दीप सिंहको अर्धशतकप्रेरित मलेसियाले एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रनको बनाएको हो । मलेसियाका ओपनर विरन्दीपले ५५ बलमा तीन चौका र चार छक्कासहित ६८ रन बनाए । सर्विन मुनिउन्दीले ४१ रन बनाए । यी दुईले ३५–१ को अवस्थाबाट दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए । यसबाहेक, मुहम्मद अमिरले १६ रन थपे । 

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १४ रनमात्र खर्चिए । यस्तै, अभिनाश बोहराले एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।