मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य 

काठमाडौँ, ३० चैत । ओपनर विरन्दीप सिंहको अर्धशतकप्रेरित मलेसियाले एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रनको बनाएको हो । मलेसियाका ओपनर विरन्दीपले ५५ बलमा तीन चौका र चार छक्कासहित ६८ रन बनाए । सर्विन मुनिउन्दीले ४१ रन बनाए । यी दुईले ३५–१ को अवस्थाबाट दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए । यसबाहेक, मुहम्मद अमिरले १६ रन थपे । 

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १४ रनमात्र खर्चिए । यस्तै, अभिनाश बोहराले एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्