रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ जनाको मृत्यु

कराँची (पाकिस्तान), ३० चैत । रमजानको समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको । रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्युजले जनाएको छ । लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेवार रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।

यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । गत वर्षको समान अवधिमा डकैतीविरुद्धको प्रतिरोधमा २५ जनाको मृत्यु भएको थियो भने ११० जना घाइते भएका थिए । सन् २०२३ को समान परिस्थितिमा १०८ जनाको मृत्यु र ४६९ जना घाइते भएको तथ्यांक छ ।  

कराँची प्रहरीको यस वर्ष लुटेराहरूसँग ४२५ मुठभेड हुँदा ५५ लुटेरा मारिएको र ४३९ घाइते भएका छन् । नागरिक–प्रहरी सम्पर्क समिति (सीपीएलसी)को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा २२ हजार ६२७ अपराध दर्ता भएका थिए । यसमा ५९ जनाको मृत्यु र लुटपाटको प्रतिरोधमा ७०० जनालाई चोट लागेको थियो । 

यसका अतिरिक्त यस अवधिमा ३७३ कार, १५ हजार ९६८ मोटरसाइकल र ६ हजार १०२ मोबाइल फोन चोरी वा लुटपाट भएको सूचना प्राप्त भएको छ । एआरवाई न्युजका अनुसार सीपीएलसीको प्रतिवेदनमा कराँचीमा २५ वटा जबरजस्ती असुलीको घटना र फिरौतीका लागि पाँचवटा अपहरणका घटना पनि रेकर्ड गरिएको छ । कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताए । उनले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा करिब चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक तत्व भेला हुने गरेको जानकारी दिए । एएनआई

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।