इजरायली आक्रमणमा हमास नेताका तीन छोरा मारिए

गाजापट्टि, ३० चैत । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् ।

इजरायली सेनाले पनि बुधबार गाजामा हवाई हमला गरिएको पुष्टि गरेको छ । गाजामा आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको पाइएपछि हवाई आक्रमण गर्नु परेको सेनाको भनाई छ । 

हमासका अनुसार उक्त आक्रमणबाट हमास नेता हनिएका तीन नातिनातिनाको पनि मृत्यु भएको छ । अल–जजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा हनिएले आफ्ना सन्तानको हत्या भए पनि हमासले इजरायलप्रति नरम नीति अख्तियार नगर्ने र आफूहरु नझुक्ने बताए । हाल अन्तर्राष्ट्रिय पहलमा इजरायल र हमासबीच युद्धबिराम गर्नेगरी वार्ताहरू भइरहेका छन् ।

हानिएले सन् २०१९ मा गाजा छाडेका थिए । उनले हाल कतारमा निर्वासित जीवन बिताएका छन् । गाजामा अहिले हमासका शीर्ष नेताका रुपमा येह्या सिन्वार छन् । सिन्वारकै योजना बमोजिम गत अक्टोबर ७ मा इजरायलभित्र हमासले आक्रमण गरेको थियो । यस आक्रमणमा कम्तीमा एक हजार २०० इजरायलीको मृत्यु हुनुका साथै दुई सयभन्दा बढीलाई अपहरण गरिएको थियो । हमासको आक्रमणपछि इजरायलले गाजामा गरेको सैनिक कारबाहीमा ३३ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा