राजनीति विकृत भयो : अध्यक्ष लिङ्देन

काठमाडौँ, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् । उनले पछिल्लो दिनमा राजनीति विकृत भएको बताए । 

बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले राजनीति लेखपढले मात्र नहुने बताए । उनले राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताए ।

उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ । राजनीतिलाई मान्छेहरूले, राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेसा नभई सेवाको रूपमा अवलम्बन गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ माघ । सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । उस्तै विषयसँग

काठमाडौँ, २९ माघ । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि

काठमाडौँ, २९ माघ । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् । संविधानको धारा २८२ को उपधारा

काठमाडौँ, २९ माघ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याएका छन् । मन्त्री चौधरीले