सलमान खानद्वारा नयाँ फिल्म ‘सिकन्दर’ घोषणा

काठमाडौँ, २९ चैत । बलिउड अभिनेता सलमान खानले ईदको अवसरमा नयाँ फिल्म ‘सिकन्दर’को घोषणा गरेका छन् । यो फिल्मलाई दक्षिणीय भारतीय चर्चित निर्देशक एआर मुरुगादासले निर्देशन गर्नेछन् ।

निर्देशक मुरुगादासले यसअघि ‘गजनी’, ‘होलिडे’ र ‘अकिरा’जस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन् ।

बिहीबार ईदको अवसरमा सलमानले सामाजिक सञ्जालमार्फत यो फिल्मको घोषणा गरेका हुन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘यो ईदमा बडे मियाँ छोटे मियाँ र मैदान हेर्नुहोस् । अर्को ईदमा सिकन्दरलाई भेट्नुहोस् । सबैलाई ईदको शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १६ बैशाख । सरकारले पुनः यातायात भाडा बढाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका तथा मालवाहक

काठमाडौँ, १६ बैशाख । हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १६ बैशाख । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै