काठमाडौँ, २९ चैत । बलिउड अभिनेता सलमान खानले ईदको अवसरमा नयाँ फिल्म ‘सिकन्दर’को घोषणा गरेका छन् । यो फिल्मलाई दक्षिणीय भारतीय चर्चित निर्देशक एआर मुरुगादासले निर्देशन गर्नेछन् ।
निर्देशक मुरुगादासले यसअघि ‘गजनी’, ‘होलिडे’ र ‘अकिरा’जस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन् ।
बिहीबार ईदको अवसरमा सलमानले सामाजिक सञ्जालमार्फत यो फिल्मको घोषणा गरेका हुन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘यो ईदमा बडे मियाँ छोटे मियाँ र मैदान हेर्नुहोस् । अर्को ईदमा सिकन्दरलाई भेट्नुहोस् । सबैलाई ईदको शुभकामना ।’