अमेरिकाले युक्रेनलाई सघाउन पठायो हतियार

एजेन्सी, २९ चैत । अमेरिकाले युक्रेनलाई सहयोग गर्न हतियारको ठुलो खेप पठाएको छ । यसले युक्रेनलाई रुसविरुद्धको लडाइमा मद्दत गर्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यी हतियारहरू अमेरिकी सेनाले चारवटा जहाजबाट बरामद गरेको थियो । सेनाका अनुसार यी हतियारहरू इरानले यमनका हुथी विद्रोहीहरूलाई पठाएको थियो । अमेरिकी नौसेनाले हजारौँ असल्ट राइफल र १० लाखभन्दा बढी राउण्ड गोला बारुद बरामद गरेको छ । 

गत वर्षदेखि बाइडेन प्रशासनले जफत गरेको हतियारलाई युक्रेनी सेनालाई कानुनी रूपमा पठाउने काम भइरहेको छ । युक्रेनलाई सहयोग गर्न अमेरिकाले इरानबाट जफत गरिएका पाँच हजारभन्दा बढी एके–४७, रकेट लन्चर र हजारौँ राउण्ड गोलाबारी पठाएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले घोषणा गरेको छ । वास्तवमा, युक्रेनले रुस विरुद्धको युद्धमा हतियार र युद्ध सामग्रीको गम्भीर अभावको सामना गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्