जर्ज लुकासलाई मानार्थ पाल्म डी’ओर दिने घोषणा

काठमाडौँ, २८ चैत । फिल्म निर्माता जर्ज लुकासलाई ७७ औं कान्स फिल्म फेस्टिभलमा पाल्म डी’ओर अवार्डबाट सम्मानित गरिने भएको छ । मे २५ मा आयोजना हुने समापन समारोहमा यो अवार्ड प्रदान गरिने घोषणा कान्सले गरेको छ ।

अवार्डको घोषणापछि लुकासले प्रतिक्रिया दिंदै खुसी व्यक्त गरेका छन् । उनले विज्ञप्तिमा आफ्नो मनमा कान्स फिल्म फेस्टिभलको विशेष स्थान रहेको बताए । लुकासले भने, ‘मेरो पहिलो फिल्म ‘टीएचएक्स–११३८’ नयाँ निर्देशकका लागि तय गरिएको विधा डाइरेक्टर्स फोर्टनाइटमा प्रदर्शनका लागि छनोट हुँदा म छक्क र खुसी थिएँ । त्यसयता म लेखक, निर्देशक र निर्माताका रूपमा धेरै पटक कान्स फेस्टिभलको हिस्सा भएँ । यो सम्मान साँच्चै मेरो लागि धेरै महत्वपूर्ण छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै