नेतन्याहूले गल्ती गरिरहेका छन् : अमेरिकी राष्ट्रपति बाइडेन

वाशिङटन डीसी, २८ चैत । इजरायल र गाजाको मामिलामा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गल्ती गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् ।

एउटा अन्तरवार्तामा उनले भनेका थिए, ‘मलाई लाग्छ नेतान्याहुले गल्ती गरिरहेका छन्, म उनको मनोवृत्तिसँग सहमत छैन ।’ आगामी ६ देखि ७ हप्ताका लागि गाजामा खाद्यान्न र औषधिको पूर्ण आपूर्ति हुनुपर्ने पनि उनले बताए ।

युद्धमा इजरायललाई अमेरिकाले अहिले दिइरहेको समर्थन उसले गाजामा कति खाद्यान्न र औषधि लैजाने अनुमति दिन्छ भन्नेमा निर्भर गर्ने भनेर गत हप्ता बाइडेनले चेतावनी दिएका थिए । इजरायलले गाजाभित्र सहायता पुग्नबाट रोकेको थियो । गाजामा समस्यामा परेकाहरूसम्म सहयोग पुर्याउन संयुक्त राष्ट्र सङ्घ असफल भएको आरोप पनि उसले लगाएको थियो । केही सातादेखि गाजामा युद्ध विराम गर्नेबारे हुँदै आएको वार्ता असफल भएको थियो । तर अहिले अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ सय रुपैयाँले

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate