नेतन्याहूले गल्ती गरिरहेका छन् : अमेरिकी राष्ट्रपति बाइडेन

वाशिङटन डीसी, २८ चैत । इजरायल र गाजाको मामिलामा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गल्ती गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् ।

एउटा अन्तरवार्तामा उनले भनेका थिए, ‘मलाई लाग्छ नेतान्याहुले गल्ती गरिरहेका छन्, म उनको मनोवृत्तिसँग सहमत छैन ।’ आगामी ६ देखि ७ हप्ताका लागि गाजामा खाद्यान्न र औषधिको पूर्ण आपूर्ति हुनुपर्ने पनि उनले बताए ।

युद्धमा इजरायललाई अमेरिकाले अहिले दिइरहेको समर्थन उसले गाजामा कति खाद्यान्न र औषधि लैजाने अनुमति दिन्छ भन्नेमा निर्भर गर्ने भनेर गत हप्ता बाइडेनले चेतावनी दिएका थिए । इजरायलले गाजाभित्र सहायता पुग्नबाट रोकेको थियो । गाजामा समस्यामा परेकाहरूसम्म सहयोग पुर्याउन संयुक्त राष्ट्र सङ्घ असफल भएको आरोप पनि उसले लगाएको थियो । केही सातादेखि गाजामा युद्ध विराम गर्नेबारे हुँदै आएको वार्ता असफल भएको थियो । तर अहिले अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)