निजी क्षेत्रको क्रियाशिलताविना आर्थिक समृद्धि हुन सक्दैन : मन्त्री भण्डारी

काठमाडौँ, २८ चैत । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको विकास र क्रियाशिलता विना देशको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् । 

आज नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उनले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको बताए । उनले रकारले निजी क्षेत्रलाई साझेदारका रुपमा मात्र नहेरी प्रमुख हिस्सेदारकै रुपमा व्यवहार गर्ने विश्वास दिलाए ।

उनले भने, ‘आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादन तथा आन्तरिक आयमुखी अर्थतन्त्रमा रुपान्तरण गर्न प्रभावकारी नीति लिने, स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवं तुलनात्मक लाभक वस्तुको पहिचान र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी व्यापार घाटा न्यूनिकरण गर्ने जस्ता सरकारको लक्ष्य पुरा गर्न निजी क्षेत्रले गर्दै आएको साझेदारी प्रति म धन्यवाद दिन चाहन्छु’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९