बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, २८ चैत । दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट–काठमाडौँ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १७ का  २३ बर्षीय सौगात वलीको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका – १७ सिस्नेखोलाको ओरालोमा राति पौने ९ बजे मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते वलीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मोटरसाइकलको पछाडि सवार तुलसीपुर उपमहानगरपालिका– ११ बेलगनारका ३५ बर्षीय शरद लामिछाने घाइते छन् । उनको घोराहीमा उपचार जारी छ । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । प्रतिनिधिसभा निर्वाचनका मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल (जसपा) सिराहा– ३ का उम्मेदवार

काठमाडौँ, २० फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भोली हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न

सर्लाही, २० फागुन । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर–२ हरिपूर्वा गाउँबाट सशस्त्र प्रहरीको स्ट्राइकिङ फौजले नगदसहित पूर्ववडाअध्यक्षलाई पक्राउ गरेको छ

काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज १५औँ स्मृति दिवस रहेको छ । भोलि