राजेश हमालले पुराना लत्ताकपडा ‘क्लोथ बैंक’मा दान गर्ने

काठमाडौँ, २७ चैत । अभिनेता राजेश हमालले लामो समयदेखि प्रयोगमा नआएका र घरमा थन्किएका कपडा दान गर्ने भएका छन् ।

चन्द्रागिरि नगरपालिकामा ‘क्लोथ एण्ड फुड बैंक’को उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘मैले पनि भोगेको समस्या हो यो । मेरो घरमा प्रयोगमा नआएका लुगा प्रशस्त छन् । कहाँ गएर दिऊँ भन्ने समस्या थियो । त्यत्तिकै मान्छेकहाँ गएर दिन पनि मिलेन,’ उनले भने, ‘म पनि एउटा डोनर त अवश्य पनि बन्छु नै ।’

अहिलेको जमानामा मेरोमा लत्ताकपडा छ, लगाउँछौ भनेर भन्दा मान्छेलाई नराम्रो पनि लाग्न सक्ने हमालको बुझाइ छ । ‘मैले विभिन्न स्रोतबाट आफ्ना लत्ताकपडा बाँड्दै आइरहेको छु । कहिले समस्यामा परेको बेला तराईमा गएर, कहिले आफ्नै सहयोगीमार्फत पठाएर,’ उनले भने, ‘अब क्लोथ बैंकमा दिनेछु ।’

तर प्रयोगमा नआएपनि आफ्नो करिअरसँग भावनात्मक सम्बन्ध राख्ने लुगा भने आफैंले राख्ने उनले बताए । ‘देउता फिल्मको फेमस डायलग ‘शंकर हुँ शंकर…’ बोल्दा लगाएको हाफ ज्याकेट र टिसर्ट धेरै समयसम्म थियो । प्रयोगमा नआएपछि त्यो कसैलाई दिएर पठाएँ । त्यो राखेको भए, आइकोनिक हुन्थ्यो कि भन्ने लाग्छ मलाई,’ उनले भने, ‘यस्ता कपडा चाहिं आफैंसँग राख्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)