दयाहाङले वाचन गरे ‘डिग्री माइला’को कविता

कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ श्रवण मुकारुङले लेखेको कवितालाई अभिनेता दयाहाङ राईले वाचन गरेका छन् ।

शुक्रबार रिलिज तयारीमा रहेको फिल्म ‘डिग्री माइला’मा समावेश यो कवितालाई दयाहाङले ‘द पोएट आइडल’मा वाचन गरेका छन् । यो कविता पहिलोपटक यो रियालिटी शोमार्फत सार्वजनिक गरिएको हो ।

फिल्म ‘डिग्री माइला’को कविता:

विश्व मानचित्रमा होकी होकी जस्तो एउटा थोप्लो

अथवा कुनै अल्छी लेखकले उसको डायरीको पानामा

वाक्य पूरा नगरीत्यत्तिकै तानेको धर्को जस्तो

रिडिङ ग्लासबाट हेर्दा काँक्रोको बियाँ

अथवाझुसिलकिरोले खाइरहेको सुर्तीको पात जस्तो उसलाई

असंख्य विभेद कि रोग भोकले

बाढीपहिरो कि सुक्खा खडेरीले सधैं कुरुप बनाउँछ 

तर त्यही देशका जनता भन्छन्

हाम्रो देश संसारकै सुन्दर देश हो

जहाँका मानिस एकअर्कालाई प्रेम गर्न डराउँछन्

जहाँका मानिस उन्मुक्त भएर जिउन डराउँछन्

जहाँ कसैको आँखामा बस्नु भन्दा झर्न सजिलो छ

जहाँ बाँच्नु भन्दा मर्नु सजिलो छ

बुद्ध र बुजे दुवैले छोडेको

भुकुटी र सीता दुवैले त्यागेको

तर बाटो नपाएर युगौंदेखि शहीदहरुको सेंहे डुलिरहेको

सरकार भने आफैं डीभी भरेर झुलिरहेको

यस्तो सुन्दर देशभित्र

दुर्घटनावश जन्मियो डिल्लीराम भुजेल उर्फ डिग्री माइला ।

संसारकै अग्लो शिखर भन्छन् सगरमाथालाई

अफसोचहजारौं पैतालाका डोबहरु छन् उसका शिरमाथि

तब उसको उचाइको के अर्थ ?

जसरी आफ्नै सपना पछ्याउन नसकेर

चिलको छायाँ परेको सूर्य झैं

आफैंभित्रगुजुल्टिरहेछ डिग्री माइला

तब उसको चेतनाको के अर्थ

बस्यो तथाकथित सुन्दर देशमा

एउटा मणिढुंगा भएको छ

एउटा मानिस डिग्री माइला भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि