बालुवाटारमा चार दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार चार दलका शीर्ष नेताबीच छलफल भएको छ । छलफलमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच छलफल भएको हो । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान नछोडेपछि सत्ता साझेदार दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । कांग्रेसले समिति गठन नगरे गृहमन्त्रीलाई संसदमा बोल्न नदिने चेतावनी दिएको छ । सहमतिका लागि सभामुख देवराज घिमिरेले सोमबार बोलाएको छलफलमा समेत नेताहरुले अडान नछोडेपछि संसदमा टकरावको अवस्था आउने देखिएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा