पाकिस्तानमा विस्फोट हुँदा दुईजनाको मृत्यु, १० घाइते

एजेन्सी, २७ चैत । पाकिस्तानको दक्षिण–पश्चिम बलुचिस्तान प्रान्तको एक बजार क्षेत्रमा भएको बम विस्फोटमा दुईजनाको मृत्यु भएको छ । साथै अन्य १० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । 

प्रान्तको खुजदार जिल्लामा मोटरसाइकलमा राखिएको इम्प्रोभाइज्ड विस्फोटक पदार्थ विस्फोट भएको प्रान्तका प्रहरीहरूले बताएका छन् । आक्रमणमा प्रहरीहरू भने सकुशल भए पनि घटनास्थल नजिकै इस्लामिक पर्व इद अल–फित्रको लागि किनमेल गरिरहेका सर्वसाधारणको मृत्यु र घाइते भएका थिए । 

महिला र बालबालिकासहितका घाइतेहरूलाई अस्पताल लगिएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण