अनुमतिप्राप्त विद्यालयमा मात्र भर्ना हुन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ, २७ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्था र बोर्डबाट सञ्चालित अनुमतिप्राप्त विद्यालयमा मात्र विद्यार्थी भर्ना गर्न आग्रह गरेको छ ।

आईबी, सीबीएसईलगायत विदेशी बोर्डबाट सञ्चालित विद्यालयहरूको सम्बन्धमा मन्त्रालयमा उजुरी र गुनासो आएको भन्दै अनुमति नै नलिई पठनपाठन गराउँदै आएका शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न मन्त्रालयले सूचित गरेको हो । 

आईबी, सीबीएसई र ए–लेभलको कक्षा सञ्चालन गर्न अनुमति पाएका ४९ वटा शिक्षण संस्थाको सूचीसमेत मन्त्रालयले सार्वजनिक गरेको छ । अनुमति पाएका विद्यालयमा मात्र विद्यार्थी भर्ना गर्न/गराउन भनिएको छ । त्यस्ता शिक्षण संस्थालाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको समेत शिक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।