नेपोन भक्तपुरको विस्तारित बैठक सम्पन्नः यस्ता छन् आगामी रणनीति

भक्तपुर, २६ चैत । नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन भक्तपुर जिल्ला कमिटीले प्रथम जिल्ला विस्तारित बैठक सम्पन्न गरेको छ ।

संगठनका अध्यक्ष रञ्जन खड्काको अध्यक्षतामा संगठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डेको प्रमुख आतिथ्यतामा आज उक्त कार्यक्रम आयोजना गरिएको हो । विस्तारित बैठकले पार्टीले लिएको मिसन ८४ को नीतिलाई अक्षरस पालना गर्ने र गराउने विशेष रणनीतिका साथ संगठनलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउने निर्णय गरेको छ । आन्तरिक सकारात्मक प्रतिष्पर्धाबाट नै नयाँ विचार र दृष्टिकोणको जन्म हुने कुरालाई विश्वास गर्दै संगठन विस्तारलाई आवश्यक पर्ने स्रोत र साधनको व्यवस्थापन गर्न आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले संगठनभित्र कुनै समस्या भए नेतृत्वसँग राख्न र स्पष्ट हुनलाई आग्रह समेत गरेको छ ।

संगठनले जिल्लामा आगामा २०८१ साल जेठ २५ र २६ गते संगठनमा आवद्ध भएका सम्पूर्ण सदस्यहरुलाई राजनीतिक प्रशिक्षण दिने निर्णय गरेको छ । मुलुकको नेतृत्व गर्न पार्टीको विचार र दृष्टिकोण बुझ्न जरुरी रहेको उल्लेख गर्दै एमाले नै किन नेपालको एकमात्र कम्युनिष्ट पार्टी हो ? भन्ने कुराहरु जनतालाई बुझाउन सक्ने क्षमताको विकास गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लाका ३८ वटा वडाहरुमा कमिटी गठन तथा चलायमान गरी अबका दिनमा प्रत्येक वडामा कम्तिमा ५० जना सदस्य थप गर्ने नीति लिएको छ । हाल २८ वटा वडाहरुमा संगठन विस्तार गरिसकेको आयोजकले जानकारी दिएको छ ।

बैठकमा प्रत्येक वडा कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवको उपस्थिती रहेको थियो । उक्त बैठकमा संगठनका सचिव दिनेश थापाले बैठकका एजेण्डा तथा भावि कार्ययोजना, कोषध्यक्ष दिल्ली खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्लामा एमालेको जनसंगठनहरुको भूमिकाबारे उपसचिव रमेश कार्कीले प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनहरुको बारेमा छलफलमा उठेका प्रश्नहरुको बारेमा जिल्ला अध्यक्ष खड्का र केन्द्रीय अध्यक्ष पाण्डेले सहजिकरण गर्नुभयो । बैठकमा प्रमुख अतिथि पाण्डेले केन्द्रीय कमिटीबाट संगठनलाई जिल्लामा सक्रिय रहन आग्रह गर्दै निर्वाचन केन्द्रीत २०८४ को मिसनमा लाग्नलाई निर्देशन दिनुभयो । उहाँले देश, जनता र पार्टीको हितको लागि संगठनमा आवद्ध सम्पूर्ण सदस्यहरुले एक ढिक्का भएर अगाडी बढ्न निर्देशन दिनुभयो ।

कार्यक्रममा एमाले पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेपोन केन्द्रीय उपाध्यक्ष मिठाराम केसी, सूर्यविनायक नगर कमिटी अध्यक्ष रविन्द्र सापकोटा, नेपोन केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज सुधिर थापा, केन्द्रीय सदस्य मनहरी कार्की, नेपोन वागमती प्रदेश सदस्य उमेश बस्नेतलगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९