सभामुख घिमिरे र चार दलका नेताबीच छलफल

काठमाडौँ, २६ चैत । सभामुख देवराज घिमिरे र चार दलका शीर्ष नेताबीच छलफल भएको छ । 

आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक तथा रास्वापाका प्रमुख सचेतक सन्तोश परियार सहभागी छन् ।

संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि सभामुखले दलका नेताहरूसँग छलफल गरेका हुन् । छलफलमा सहकारी ठगी प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नो अडान कायमै राखेका छन् । छलफलमा सत्तापक्षले समिति गठन गर्न अस्वीकार गरेको छ भने प्रमुख प्रतिपक्षले समिति गठन नगरी सदन चल्न नदिने अडान राखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक रत्ननगर नगरपालिका-५

काठमाडौँ, ३० माघ । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन पर्व मंगलबार पशुपति क्षेत्रमा विशेष रुपमा

काठमाडौँ, ३० माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गाजर(तराई) (केजी)

काठमाडौँ, ३० माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल