काठमाडौँ, २६ चैत । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्टहरूले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए ।
उनले भने, “कम्युनिष्टहरूले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो,” “नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैँ मेटिन्छन् । हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् । यिनीहरूको पतन हुन्छ ।”