विवाहको लागि नोरा फतेहीको यस्तो शर्त

काठमाडौँ, २६ चैत । नोरा फतेहीलाई अहिले बलिउडमा कुनै पहिचानको आवश्यकता छैन ।

हालै एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले आफ्नो पर्सनल लाइफ र आफ्नो वैवाहिक जीवनका बारेमा खुलेर कुरा गरेकी थिइन् ।

नोरा बलिउडमा बोल्ने शैलीका लागि चर्चित छिन् । हालै उनलाई तपाईं आफ्नो जीवनसाथीमा कस्ता गुण हेर्न चाहनुहुन्छ भनेर सोधिएको थियो । प्रश्नको जवाफमा नोरा भन्छिन्, ‘पहिलेभन्दा यतिबेला मेरो सोच्ने तरिका पूर्णरुपमा बदलिएको छ । प्रेम र विवाहको विषयमा मेरो धेरै पुरानो धारणा छ । म पनि बिहे गरेर बस्न चाहन्छु ।’

नोरा भन्छिन्, ‘म भगवानमा विश्वास गर्ने जीवनसाथीको खोजीमा छु । एकै समयमा उसले राम्रो केयर गर्ने हुनुपर्छ । मेरो लागि पैसा पछि आउँछ, त्यो भन्दा पहिले मानिसको लागि मनको राम्रो हुनु महत्वपूर्ण छ । इमानदारीपूर्वक भन्नुपर्दा आजको संसारमा धेरै स्वार्थी मानिस छन् जो तपाईंबाट फाइदा लिन चाहन्छन् । तिनीहरू केही वर्ष तपाईंसँग बस्छन्, तपाईंको फाइदा उठाउँछन् र छोड्छन् ।’

उनी विवाह गरेर बस्न तयार रहेको बताउँछिन् । ‘चार–पाँच वर्षअघि जीवनसाथीका बारेमा मैले सोचेका विचार एकदमै सतही थिए । अहिले धेरै बदलिसकेको छु । मैले एक आदर्श व्यक्तिको बारेमा फरक दृष्टिकोण विकास गरेको छु,’ नोरा भन्छिन्, ‘मलाई लाग्छ कि पहिला मैले गलत चीज खोज्दै थिएँ । म एक इमान्दार जीवनसाथीको खोजीमा छु जसको रूप पनि राम्रो होस् । मेरो मतलब, मलाई राम्रो आनुवंशिकी चाहिन्छ किनभने म सुन्दर बच्चाहरू जन्माउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ