लगानीमैत्री वातावरण सिर्जना गर्छौं : मन्त्री भण्डारी

काठमाडौँ, २६ चैत । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संसद्को हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग,लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन् ।

सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौँमा भएको १८ औँ वार्षिक साधरणसभामा बोल्दै उद्योग मन्त्री भण्डारीले सरकारले उद्योगमैत्री कानुन बनाएर अन्तिम चरणमा पुर्‍याएको दाबी गरे । मन्त्री भण्डारीले सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्ने गरी काम भइरहेको बताए । उद्योग मन्त्री भण्डारीले समयानुकूल उद्योग नीति,वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयानुकूल अगाडि बढाउने बताए । मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडीबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे । 

मन्त्री भण्डारीले भने, ‘उद्योगमैत्री कानुन बनाउने अन्तिम चरणमा पुगेका छौँ । त्यसको प्रक्रियामा अगाडि बढेका छौँ । यही संसद्को अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानुनहरू संशोधनको प्रक्रियामा अगाडि बढाएका छौँ । त्यसमा सरकारको छुट्टै छैन । जब निजी क्षेत्र बलियो हुँदैन । त्यहाँका सम्भावनालाई देख्दैन भने सरकार दायित्वबाट पछाडि हट्दैन ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९