पेरिसको अपार्टमेन्टमा विस्फोटपछि भीषण आगलागी

पेरिस, २६ चैत । फ्रान्सको राजधानी पेरिसमा एक आठ तले अपार्टमेन्ट भवनमा विस्फोटपछि भएको आगलागीमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ यो विस्फोट भएको हो । तर, विस्फोटको कारण भने खुल्न सकेको छैन । 

यो भवन पेरिसको एरोन्डिसमेन्टमा थियो । प्रारम्भिक जाँचका अनुसार रु डे क्यारोनको सातौँ तल्लामा आगलागी हुनुअघि विस्फोट भएको थियो । भवनमा ग्यास नभएकाले विस्फोट कसरी भयो भन्ने कुरा छिमेकीहरूले बुझ्न नसकेको एरोन्डिसमेन्टका डेपुटी मेयर लुक लेबोनले बताए ।

यो मामिलाको छानबिन आगलागी वा क्षति र हत्याको कोणबाट पनि भइरहेको बताइएको छ । विस्फोटको कारण पत्ता लगाउन राजधानीको दोस्रो न्यायिक प्रहरी जिल्लाका अनुसन्धानकर्तालाई खटाइएको छ । विस्फोटपछि नजिकैका भवनहरूमा बस्ने मानिसहरूलाई घरबाट बाहिर निकालिएको थियो । अहिले यस विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०