पेरिसको अपार्टमेन्टमा विस्फोटपछि भीषण आगलागी

पेरिस, २६ चैत । फ्रान्सको राजधानी पेरिसमा एक आठ तले अपार्टमेन्ट भवनमा विस्फोटपछि भएको आगलागीमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ यो विस्फोट भएको हो । तर, विस्फोटको कारण भने खुल्न सकेको छैन । 

यो भवन पेरिसको एरोन्डिसमेन्टमा थियो । प्रारम्भिक जाँचका अनुसार रु डे क्यारोनको सातौँ तल्लामा आगलागी हुनुअघि विस्फोट भएको थियो । भवनमा ग्यास नभएकाले विस्फोट कसरी भयो भन्ने कुरा छिमेकीहरूले बुझ्न नसकेको एरोन्डिसमेन्टका डेपुटी मेयर लुक लेबोनले बताए ।

यो मामिलाको छानबिन आगलागी वा क्षति र हत्याको कोणबाट पनि भइरहेको बताइएको छ । विस्फोटको कारण पत्ता लगाउन राजधानीको दोस्रो न्यायिक प्रहरी जिल्लाका अनुसन्धानकर्तालाई खटाइएको छ । विस्फोटपछि नजिकैका भवनहरूमा बस्ने मानिसहरूलाई घरबाट बाहिर निकालिएको थियो । अहिले यस विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।