‘डिग्री माइला’ अमेरिकाका ४० थिएटरमा दैनिक शोसहित प्रदर्शन  हुने

काठमाडौँ, २५ चैत । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ नेपालसँगै अमेरिकामा पनि रिलिज हुने भएको छ । निर्माताले विज्ञप्ति जारी गर्दै यो फिल्म अमेरिकी डायस्पोरामा समेत प्रदर्शनमा आउन लागेको जनाएका छन् ।

अप्रिल ११ देखि अमेरिकामा फिल्मको प्रदर्शन सुरु हुने जनाइएको छ । लस-एन्जलस, डलास, ओहायो, पेन्सिलभेनिया र न्यूयोर्कमा हुने प्रिमियरमा अभिनेता बुद्धि तामाङ सहभागि हुनेछन् । लेकवुडको स्टारलाइट सिनेमा घरमा पहिलो प्रिमियर आयोजना गरिएको छ । अप्रिल १२ मा दश सहरमा फिल्म प्रदर्शन हुनेछ ।

अप्रिल र मे महिनामा पहिलो साता ७ सय भन्दा बढी शो आयोजना हुने उल्लेख छ । चार साताभर अमेरिकामा ४० हजारदेखि ६० हजार नेपालीले फिल्म हेर्ने अपेक्षा गरिएको निर्माताको भनाई छ । यो फिल्म अमेरिकाका ४० भन्दा बढी थिएटरमा दैनिक शोसहित प्रदर्शन हुने उल्लेख छ । नेपालमा भने यो फिल्म चैत ३० गते (अप्रिल १२)मा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै