कांग्रेसले तोक्यो उपनिर्वाचन परिचालन संयोजक

काठमाडौँ, २५ चैत । नेपाली कांग्रेसले उपनिर्वाचन हुने दुई क्षेत्रका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।

इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा संयोजक बनेका छन् भने बझाङ प्रदेश सभा (१) का लागि पूर्वमन्त्री एनपी साउद संयोजक बनेका छन् ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का जिल्ला सभापति समेत हुन् । उनी गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।