विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ, २४ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्ने बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले सडक, सदन या सरकार जहाँ हुँदा पनि आफू यो मान्यतामा दृढ रहेको उनले बताइन् । राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति, सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता नहुने उल्लेख गर्दै उनले पदीय जिम्मेवारीसँगै जनतालाई गरेको वाचा बिर्सने छैन, बोली नबदल्ने बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को, यो मैले जानेको छैन । राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु । हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा मेरो एउटै धारणा छ, विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ । प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ । राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति, सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता हुँदैन । परिणाम आउँदैन । यो सांसदको रूपमा मैले राखेको संशोधन होस्  वा आज मन्त्रीको रूपमा मेरो भूमिका । यही हो मेरो धारणा । पदीय जिम्मेवारीसँगै जनतालाई गरेको वाचा बिर्सने छैन, बोली बदल्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर