भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण

काठमाडौँ, २३ चैत । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको तीन करोड ६१ लाख अनुदान सहयोगमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको दुईतले विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । 

बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे ।

विद्यालय र छात्रावास भवन निर्माण परियोजना जिल्ला समन्वय समिति खोटाङसँगको समन्वयमा कार्यान्वयन गरिएको हो । विद्यालयमा अध्ययनरत तीन सय ६५ जना विद्यार्थीमध्ये  ५०५ छात्रा  छन् ।  सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी सामुदायिक विकास परियोजना सञ्चालन भएकामा ४८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर