एचबिओले किन्यो ‘द रेड सुटकेस’

काठमाडौँ, २३ चैत । हलिउडको फिल्म च्यानल एचबिओले फिल्म ‘द रेड सुटकेस’को सेटलाईट र ओटिटी वितरण अधिकार किनेको छ ।

एचबिओले युरोपका १५ देशमा वितरणका लागि पहिलो पटक नेपाली फिल्मको सेटलाइट र ओटिटी वितरण अधिकार किनेको हो ।

फिल्मका निर्माता रामकृष्ण पोखरेलका अनुसार एचबीओले ओटीटी अधिकार लिएसँगै लगानी सुरक्षित भएको छ । हलिउडको भेराईटी म्यागेजिनका अनुसार एचबिओले मलेसिया र ब्रुनाईमा यो फिल्मको बिक्री वितरण तथा प्रदर्शनको अधिकारी सुराया फिल्मस्लाई बिक्री गरेको छ ।

एचबिओ अन्तर्गत अल्बानिया, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हंगेरी, पोल्याण्ड, रोमानिया, मोल्डोभा, क्रोएसिया, स्लोभेनिया, सर्बिया, कोसोभो, मोन्टेनेग्रो, बोस्निया–हर्जेगोभिना, म्यासेडोनिया र बुल्गेरिया देशमा फिल्म वितरण हुनेछन् । निर्माता पोखरेलले उत्तरी अमेरिका र ल्याटिन अमेरिकाको लागि फिल्मको बिक्री वितरण गर्न अन्य वितरक कम्पनीसँग वार्ता भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण