ट्रम्पले पाए राहत

वासिङ्टन डीसी, २० चैत । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले थोरै भए पनि राहतको श्वास फेर्न पाएका छन् । न्यूयोर्कमा नागरिक ठगी मुद्दामा उनले १० दिनभित्र १७ करोड ५० लाख डलर मात्रै जरिवाना तिरे पुग्ने भएको हो । 

यस अघि भने न्यायाधीशले ट्रम्प र उनका छोराहरूलाई ४६ करोड ४० लाख डलर तिर्न आदेश दिएका थिए । फेब्रुअरीमा ट्रम्पले आफ्नो सम्पत्तिको मूल्य जानी जानी बढाई चढाई गरेको पाइएको थियो ।

फेब्रुअरीमा न्यूयोर्कको एक अदालतले नागरिक ठगी मामिलामा ट्रम्पलाई ३५ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिएको थियो । पछि यो रकम बढर ४५ करोड ४० लाख डलरमा पुग्यो । अदालतले ट्रम्प र उनका छोराहरूलाई सजाय र जरिवाना पनि लगाएको थियो । अदालतले यति ठुलो रकम  जरिवाना तिर्न दिएको आदेश विरुद्ध ट्रम्प पुनरावेदन अदालतमा गएका थिए ।

तर गएको हप्ता न्युयोर्कको पुनरावेदन अदालतले जरिवानाको रकम ४५ करोड ४० लाख डलर घटाएर १७ करोड ५० लाख डलरमा झारिदियो । यो रकम बुझाउन अदालतले ट्रम्पलाई १० दिनको म्याद दिएको छ । यद्यपि, ट्रम्पले जरिवाना रकम एकमुष्ट तिर्नु पर्ने हो कि किस्तामा भन्ने चाहिँ स्पष्ट भइसकेको छैन । अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार ट्रम्पको नेटवर्थ ५ अर्ब ७० करोड डलर आसपास छ । ट्रम्पसँग ४० करोड देखि ५० करोड डलर बराबरको नगद भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको