‘डिग्री माइला’ अस्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने

काठमाडौँ, २० चैत । दयाहाङ राई अभिनीत फिल्म हो ‘डिग्री माइला’ आगामी शुक्रबारदेखि देशभर सार्वजनिक प्रदर्शन हुने भएको छ ।

निर्माण युनिटका अनुसार फिल्म नेपालसँगै अस्ट्रेलिया र अमेरिकामा पनि प्रदर्शनमा आउने भएको छ । फिल्म डायस्पोरामा सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्न लागेको हो ।

फिल्म अस्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा प्रदर्शनमा आउनेछ । त्यस्तै अमेरिकाका ४० बढी सहरमा रिलिज हुँदैछ । 

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको ‘डिग्री माइला’ चरित्रले दर्शकको ध्यान खिच्न सफल छ । फिल्ममा आँचल शर्मा दयाहाङको जोडीको रूपमा देखिनेछिन् । फिल्ममा दुवैको अन्तरजातीय प्रेम देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय

काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७