सिनेमा हल जोगाउन १० लाख अनुदान दिन्छौं : भुवन केसी

काठमाडौँ, १९ चैत । मुलुकमा रहेका दर्जन सिंगल स्क्रिन सिनेमा हलको अस्तित्व जोगाउन चलचित्र विकास बोर्डले अनुदान उपलब्ध गराउने भएको छ ।

प्रदर्शक संस्था चलचित्र संघको ४९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै बोर्ड अध्यक्ष भुवन केसीले आगामी बजेटमार्फत यसको पहल सुरु हुने बताए ।

उनका अनुसार एक वर्षसम्म सञ्चालनबापतको खर्च व्यहोर्ने गरी प्रतिहल १०–१० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने तयारी भइरहेको छ । ‘हामीले बोर्डमार्फत मन्त्रालयमा यो प्रस्ताव राखिसकेका छौं । बजेटमार्फत सम्बोधन हुन्छ,’ अध्यक्ष केसीले भने, ‘खर्च अभावमा सिंगल स्क्रिन धमाधम बन्द हुने स्थितिलाई यसले रोक्छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक