गुजरातविरुद्ध नेपाल आठ विकेटले विजयी

काठमाडौँ, १८ चैत । ‘एसएमएस फ्रेन्डसिप कप’ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । 

आज भारतको वापीमा भएको खेलमा गुजरातले प्रस्तुत गरेको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ३३ रन बनाए । रोहितसँगै अविजित रहेका अनिल साहले ३२ रन थपे । यी दुई ३४–२ को अवस्थाबाट तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्‍याएका हुन् । 

यसबाहेक, ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले क्रमशः १७ र १६ रन बनाए । गुजरातका हेमांग पटेल र तेजस पटेलले समान एक विकेट लिए । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि हाल नेपाली टिम भारतमा छ । नेपालले अब अप्रिल २ मा बरोडासँग खेल्नेछ । यसपछि अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ । शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल वापीमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्