एक्समा ग्रोक–१.५ च्याटबोट उपलब्ध हुने

क्यालिफोर्निया, १८ चैत । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्टार्ट अप कम्पनी एक्सएआईको पछिल्लो च्याटबोट ग्रोक–१.५ आगामी हप्तादेखि प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।

माइक्रो ब्लगिङ वेबसाइट एक्समा आगामी हप्तादेखि च्याटबोट उपलब्ध हुने मस्कले शुक्रबार एक्समा एउटा पोष्ट गर्दै भनेका हुन् । ग्रोक–१.५ च्याटबोट ग्रोकको परिष्कृत संस्करण हो । एक्सएआईले जारी गरेको विज्ञप्तिका अनुसार ग्रोकका विद्यमान प्रयोगकर्ता र टेष्टरहरूमाझ यसलाई सुरुमा उपलब्ध गराइनेछ ।

एआईलाई मनव जगतको हितमा प्रयोग गर्ने च्याट जीपीटीको मिसन थियो । तर यो मिसन त्यागेर मुनाफा कमाउनतिर लागेको भन्दै यो महिनाको सुरुमा मस्कले ओपनएआईमाथि मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ