‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक

काठमाडौँ, १८ चैत । फिल्म ‘घरज्वाइँ’ को दुई क्यारेक्टर लुक्स सार्वजनिक भएको छ ।

निर्माण युनिटले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो ।

अनिल बुढामगर निर्देशित फिल्म एउटा पोस्टरमा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छन् भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका पछि  डोकोहरूको चाङ बोकेर हिँडेको देखिएका छन् ।

पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरूमा करिब एक महिना छायाङ्कन गरिएको फिल्मको निर्माता जनक घर्ती मगर हुन् । निर्देशक अनिल बुढाको कथा अनि पटकथा, संवाद लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ । नयाँ वर्षको असार २८ गते प्रदर्शनमा आउने फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, विवेश बुढामगर, सुनील मगरको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

सिन्धुपाल्चोक, ७ वैशाख । दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा दुर्घटना

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक