अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को पोस्टर सार्वजनिक

काठमाडौँ, १७ चैत । अभिनेता अनमोल केसी शनिबारदेखि ३० वर्ष लागेका छन् । जन्मदिन अवसरमा उनी अभिनित फिल्म ‘फर्की फर्की’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।

सुयोग गुरुङ निर्देशित फिल्म जेठ १० गते प्रदर्शन तयारीमा छ । पोस्टरमा अनमोलले निर्वाह गरेको चरित्र दर्शाउन प्रयत्न गरिएको छ । घडीको अघि पात्रलाई फिचर्ड गरिएको र सुनसान सडकमा ऊ कतै हिँडेको देख्न सकिन्छ ।

फिल्ममा जसिता गुरुङ, रवि न्यौपाने, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा पनि कलाकारको रुपमा छन् । फिल्ममा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको नृत्य निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक