पाठ्यपुस्तक बिक्री सुरु

काठमाडौँ, १४ चैत । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको छ ।

जनक शिक्षाले मंगलबारदेखि प्रदेशका पुस्तक व्यवसायीलाई पुस्तक बिक्री–वितरण सुरु गरेको हो । प्रदेशका पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ । प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा ढुवानी सुरु गरेको र दुई दिनसम्म त्यहाँ पुस्तक ढुवानी गरिने छ ।

त्यस लगतै अन्य जिल्लामा पुस्तक ढुवानी गरिने भएको छ । केन्द्रले शैक्षिक सत्र २०८१ का लागि हाल प्रदेशमा कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको हो ।

कक्षा १ देखि ४ सम्म निजी क्षेत्रले पुस्तक बिक्री वितरण गर्दै आएकोमा आगामी शैक्षिक सत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक पनि २० प्रतिशत छुटमा बिक्री–वितरण गर्ने बताइएको छ । कक्षा ११ र १२ का लागि भने पछिल्लो चरणमा पुस्तक बिक्री वितरण गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर