ईयूले एप्पल, मेटामाथि छानबिन गर्ने

काठमाडौँ, १३ चैत । यूरोपेली संघ (ईयू)ले विश्वका सबैभन्दा ठुला तीन वटा प्राविधिक कम्पनीलाई छानबिनको घेरामा राखेको छ । प्रतिस्पर्धा मिच्ने अभ्यास गरेको मामिलामा ईयूले फेसबुकको माउ कम्पनी मेटा, एप्पल र गुगलको माउ कम्पनी अल्फाबेटमाथि छानबिन गर्न लागेको हो । 

कम्पनीहरू सन् २०२२ मा लागु गरिएको डिजिटल बजार ऐन (डीएमए) कानुन उल्लङ्घन गरेको आशङ्कामा छानबिन गर्न लागिएको हो ।

कम्पनीहरूले यो कानुन मिचेको भेटिएमा वार्षिक कमाएको १० प्रतिशतसम्म जरिवाना तिर्नु पर्नेछ । ईयूको प्रतिस्पर्धा हेर्ने निकायका हाकिम मार्गरेथ भेष्टागरले सोमबार छानबिनको घोषणा गरेका हुन् । डीएमए कानूनको दायरामा ६ वटा कम्पनी परेका छन् । यी कम्पनी अल्फाबेट, मेटा, एप्पल, एमाजन, माइक्रोसफ्ट र बाइटडान्स हुन् । यिनीहरू विश्वको सबैभन्दा ठुला प्रविधि कम्पनी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः