एसईईको तयारी पूरा, ५ लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौँ, १० चैत । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसईई लिँदै छ ।

बोर्डका अनुसार यस वर्षको एसईईका लागि देशभरबाट पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्लामा पठाइसकिएको बोर्डले जनाएको छ । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ ।

यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा सबै विषयमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर