बलात्कारको मुद्दामा फुटबलर रोबिन्होलाई ९ वर्षको जेल सजाय

एजेन्सी, ८ चैत । ब्राजिलको राष्ट्रिय टोलीका पूर्वखेलाडी रोबिन्होलाई बलात्कारको मुद्दा अदालतले नौ वर्षको जेल सजाय सुनाएको छ । म्यान्चेस्टर सिटी र रियल म्याड्रिडका पूर्व फरवार्डसमेत रहेका रोबिन्होलाई इटालीको एक अदालतको फैसलाअनुसार ब्राजिलमा पनि नौ वर्षको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

४० वर्षीय रोबिन्होलाई इटालीकाे अदालतले सन् २०१७ मा २२ वर्षीया अल्बानियाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको थियो । ब्राजिलले आफ्ना नागरिकलाई सुपुर्दगी नगर्ने भएकाले उनले ब्राजिलमै नाै वर्षको जेल सजाय भोग्नेछन् । इटालीको अनुरोधपछि ब्राजिलका न्यायाधीशहरूले हिजो ब्राजिलमा सजाय भोग्नुपर्ने फैसला गरेका खबरमा उल्लेख छ । फैसलाको विरुद्धमा राेबिन्हाेले पुनरावेदन दिन सक्नेछन् ।

ब्राजिलका पूर्व राष्ट्रिय खेलाडी रोबिन्होले देशका लागि एक सय वटा खेल खेलेका छन् । अपराधको समयमा उनले इटलीको एसी मिलान क्लबबाट खेलिरहेका थिए । रोबिन्होले पीडित भनिएकी महिलासँग यौन सम्पर्कका लागि सहमति भएको तर उनले पछि आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् ।

रोबिन्होले म्यानचेस्टर सिटी र रियल म्याड्रिडबाट पनि खेलेका थिए । मड्रिडमा उनले चार सिजन खेलेकोमा दुई पटक ला लिगा उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि पीडितको आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या

हुम्ला, ३ माघ । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि

बर्दिया, ३ माघ । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका

काठमाडौँ, ३ माघ । काठमाडौँको भाजी रायो सागमा विषादी भेटिएको छ । फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण