बलात्कारको मुद्दामा फुटबलर रोबिन्होलाई ९ वर्षको जेल सजाय

एजेन्सी, ८ चैत । ब्राजिलको राष्ट्रिय टोलीका पूर्वखेलाडी रोबिन्होलाई बलात्कारको मुद्दा अदालतले नौ वर्षको जेल सजाय सुनाएको छ । म्यान्चेस्टर सिटी र रियल म्याड्रिडका पूर्व फरवार्डसमेत रहेका रोबिन्होलाई इटालीको एक अदालतको फैसलाअनुसार ब्राजिलमा पनि नौ वर्षको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

४० वर्षीय रोबिन्होलाई इटालीकाे अदालतले सन् २०१७ मा २२ वर्षीया अल्बानियाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको थियो । ब्राजिलले आफ्ना नागरिकलाई सुपुर्दगी नगर्ने भएकाले उनले ब्राजिलमै नाै वर्षको जेल सजाय भोग्नेछन् । इटालीको अनुरोधपछि ब्राजिलका न्यायाधीशहरूले हिजो ब्राजिलमा सजाय भोग्नुपर्ने फैसला गरेका खबरमा उल्लेख छ । फैसलाको विरुद्धमा राेबिन्हाेले पुनरावेदन दिन सक्नेछन् ।

ब्राजिलका पूर्व राष्ट्रिय खेलाडी रोबिन्होले देशका लागि एक सय वटा खेल खेलेका छन् । अपराधको समयमा उनले इटलीको एसी मिलान क्लबबाट खेलिरहेका थिए । रोबिन्होले पीडित भनिएकी महिलासँग यौन सम्पर्कका लागि सहमति भएको तर उनले पछि आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् ।

रोबिन्होले म्यानचेस्टर सिटी र रियल म्याड्रिडबाट पनि खेलेका थिए । मड्रिडमा उनले चार सिजन खेलेकोमा दुई पटक ला लिगा उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः