यूएई, ८ चैत ।“स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल एसोसियसन-एनआरएनए एनसीसी यूएईको आयोजनामा युएईमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने भएको छ ।
युएईमा पहिलो पटक सर्वाधिक राशी सहितको तेस्रो एनआरएनए भलिबल कप प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यही अप्रिल १४ तारिखका दिन युएईको दुबई सहरस्थित अल वासल स्पोर्ट्स क्लब, जद्दाफमा हुने छ ।