काठमाडौँ, ८ चैत । फिल्म ‘महाजात्रा’ले देशभर २५० हाराहारीमा शो प्राप्त गरेको छ ।
वितरक अशोक शर्माले शो संख्यामा अझै वृद्धि हुनसक्ने अनुमान गरेका छन् । क्यूएफएक्सले देशभरका पर्दामा ६७ शो दिएको छ । आईएनआई, बिग मुभिज, क्युज सिनेमाज, बीएसआर, एफक्युब, सिने द सेफ, रञ्जना, कीर्तिपुर, सीके, इन्फिनिटी, वान सिनेमाज लगायतले पनि उत्साहजनक शो दिएका छन् ।
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल लगायतको अभिनय छ । फिल्मलाई षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् ।