नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको दूतमा उपासना नियुक्त

काठमाडौँ, ८ चैत । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण सुरु भएको छ । बुधबारदेखि सुरु महोत्सव शनिबारसम्म सीटीसी मलस्थित सिने द सेफ हलमा चल्नेछ ।

ओपनिङ फिल्मको रुपमा ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित आइरिस फिल्म ‘द बन्सिस अफ इनिसेरिन’ थियो । यो संस्करणमा ९ युरोपेली कथानक र ११ नेपाली छोटा फिल्म प्रदर्शन हुनेछन् ।

‘ईयू-नेपाल सम्बन्धको ५० वर्ष : सांस्कृतिक विविधताको उत्सव’ नारासहित फेस्टिभल आयोजना भएको हो । उद्घाटन समारोहमा युरोपेली युनियन डेलिगेसनकी राजदूतसहित आयरल्याण्डका राजदूतले मन्तव्य राखे । सो अवसरमा अभिनेत्री उपासना सिंह ठकुरीलाई महोत्सवको दूतको रुपमा नियुक्त गरियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।