आयरल्यान्डको ‘ए’ टोलीसँग टी–२० खेल्ने नेपालको टोली घोषणा

काठमाडौँ, ७ चैत । नेपाल क्रिकेट संघ (क्यान) ले टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ सँग खेल्ने दुई टी–२० क्रिकेट शृंखलाका लागि टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

टोलीमा रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव छन् ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीका लागि आयरल्यान्ड ‘ए’ सँग शृंखला खेल्न लागेको हो । खेलका लागि आयरल्यान्डको टोली नेपाल आउनेछ । टी–२० खेल कीर्तिपुर मैदानमा चैत ११ र १२ गते हुनेछ । त्यसपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच टी–२० हुनेछ । त्यस्तै नेपाल ‘ए’ ले आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एकदिवसीय श्रृंखला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाजुरा, ३ माघ । बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नेपाली कांग्रेस बुढीगङ्गा नगर

बर्दिया, ३ माघ । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका

काठमाडौँ, ३ माघ । काठमाडौँको भाजी रायो सागमा विषादी भेटिएको छ । फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण

म्याग्दी, ३ माघ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन