म्यानमार, ७ चैत । पश्चिमी म्यानमारमा सेनाको हवाई हमलामा २५ जना रोहिंग्या मुस्लिम मारिएका छन् ।
मृत्यु हुनेमा ६ बालबालिका पनि रहेका छन् । आक्रमणप्रति संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटरेसले चिन्ता व्यक्त गरेका छन् । समाचारहरूका अनुसार सोमबार राति भएको हवाई हमलामा राखाइन राज्यको मिनव्या टाउनशिपको उत्तरमा रहेको थाडा गाउँलाई निशाना बनाइएको थियो ।
यस हमलामा कम्तीमा २५ अन्य व्यक्ति घाइते भएको बताइएको छ । यस आक्रमणबारे सैन्य सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।