म्यानमारमा हवाई हमलामा परी २५ रोहिंग्याको मृत्यु

म्यानमार, ७ चैत । पश्चिमी म्यानमारमा सेनाको हवाई हमलामा २५ जना रोहिंग्या मुस्लिम मारिएका छन् ।

मृत्यु हुनेमा ६ बालबालिका पनि रहेका छन् । आक्रमणप्रति संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटरेसले चिन्ता व्यक्त गरेका छन् । समाचारहरूका अनुसार सोमबार राति भएको हवाई हमलामा राखाइन राज्यको मिनव्या टाउनशिपको उत्तरमा रहेको थाडा गाउँलाई निशाना बनाइएको थियो ।

यस हमलामा कम्तीमा २५ अन्य व्यक्ति घाइते भएको बताइएको छ । यस आक्रमणबारे सैन्य सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक