गाजा गम्भीर खाद्य सङ्कटको जोखिममा

गाजा, ७ चैत । गाजामा गम्भीर खाद्य सङ्कटको खतरा रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् ।

बीबीसीसँगको कुराकानीको क्रममा उनले सो क्षेत्रका २० लाख जनसङ्ख्यामाथि “गम्भीर खाद्य सङ्कट“को खतरा मडारिरहेको बताएका हुन् । इजरायल–हमास युद्ध सुरु भएयता गाजाको सम्पूर्ण जनसङ्ख्याको लागि यस्तो बयान आएको यो पहिलो पटक हो ।

गाजामा काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकायहरूले मे महिनासम्म युद्ध रोकिएन र आवश्यक मात्रामा राहत सामग्री गाजामा पुगेन भने गाजाले ठुलो भोकमरीको सामना गर्नुपर्ने बताएका थिए । एन्टोनी ब्लिन्केन अहिले फिलिपिन्सको भ्रमणमा छन् । आफूहरू छिट्टै मध्यपूर्वको भ्रमणमा जान लागेको अमेरिकी अधिकारीहरूले मङ्गलबार बताएका थिए ।

अक्टोबरमा हमासमाथि इजरायलले गरेको आक्रमणयता यो ब्लिन्केनको यो छैटौँ मध्यपूर्व भ्रमण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।