‘महाजात्रा’ ४० देशमा रिलिज हुने

काठमाडौँ, ७ चैत । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ ४० देशमा रिलिज हुने भएको छ ।

एमएसएम इन्टरटेनमेन्टले यो फिल्मलाई एसिया, उत्तर अमेरिका, युरोप, मध्यपूर्व, संयुक्त अधिराज्य र ओसियाना क्षेत्रमा प्रदर्शन गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्माता कम्पनी षट्कोण आर्ट्सले सबै मुलुकमा एक साताभित्र प्रदर्शन हुन लागेको जनाएको छ । नेपालमा भने शुक्रबार रिलिज हुनेछ । आगामी साता यो फिल्म अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, मलेसिया, जापान, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र हङकङमा रिलिज हुनेछ ।

संयुक्त अधिराज्यमा इङ्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा पनि फिल्म लाग्नेछ । युरोपमा डेनमार्क, पोर्चुगल, माल्टा, आयरल्याण्ड, स्पेन, नर्वे, क्रोएसिया, बेल्जियम, लक्जेम्बर्ग, साइप्रस, पोल्याण्ड, जर्मनी, स्वीडेन, फिनल्याण्ड, रोमानिया, चेक रिपब्लिक, नेदरल्याण्ड्स, अष्ट्रिया र फ्रान्समा पनि रिलिज तय छ । मध्यपूर्वमा यूएई, कतार, इराक, साउदी अरब, बहराइन, ओमान र कुवेतमा पनि फिल्म रिलिज हुने जनाइएको छ । ‘जात्रा’ सिरिजको यो तेस्रो श्रृंखलामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउतको शीर्ष भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।