नेपाल आउँदै ज्याकलिन फर्नान्डेज

काठमाडौँ, ६ चैत । आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औँ वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ ।

दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने जानकारी दिएको हो।

आरबीले ३० मार्चमा आफ्नो २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ । जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरू प्रदर्शन गर्नेछन् । सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन् । कार्यक्रम यही मार्च ३० गते हुनेछ जसको शो ओपनरको रूपमा भने किम गुडबर्न आउने भएका छन् । हलिउड अभिनेता तथा मोडल किमको उपस्थितिले कार्यक्रममा थप रौनक थप्नेछ । उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरू प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।