काठमाडौँ, ६ चैत । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका निम्ति सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार निर्वाचन आयोगले पत्राचार गरेअनुसार १० करोड खर्च गर्न अनुमति दिइएको हो ।
सुरक्षा निकायका निम्ति भने मन्त्रालयले बजेट छुट्ट्याएको छैन । वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’मा उपनिर्वाचन हुँदै छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा उपनिर्वाचन गर्न लागिएको हो ।