जापानले बढायो ब्याजदर

एजेन्सी, ६ चैत । जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ ।

बैंक अफ जापान (बीओजे)ले मंगलबार प्रमुख ब्याजदर माइनस शून्य दशमलव १ प्रतिशतबाट बढाएर शून्य प्रतिशतदेखि शून्य दशमलव १ प्रतिशतको बीचमा उकालेको छ ।

उपभोक्ता मूल्यमा आधारित महँगी बढिरहँदा देशभरमा धमाधम तलब वृद्धि भइरहँदा ब्याजदर वृद्धि गरिएको हो । सन् २०१६ मा बैंकले स्थिर बनेको अर्थतन्त्रलाई टेवा दिन ब्याजदर घटाएर शून्यभन्दा तल झारेको थियो । ऋणात्मक ब्याजदर हुने जापान विश्वको एक मात्रै देश थियो । अब कुनै पनि देशमा ब्याजदर ऋणात्मक स्तरमा छैन । बीओजेले प्रतिफल वक्र नियन्त्रण (वाईसीसी)को नीति पनि त्यागेको छ । यसमा ब्याजदर नियन्त्रण गर्न बीओजेले जापान सरकारले जारी गर्ने ऋणपत्र किन्ने गरेको थियो । यो नीति सन् २०१६ देखि लागू भएको थियो ।

ब्याजदर शून्य भन्दा पनि तल झर्नुलाई ऋणात्मक ब्याजदर भनिन्छ । ब्याजदर ऋणात्मक हुँदा बैंकले ऋणीहरूलाई उल्टै पैसा दिएर ऋण दिन्छ भने निक्षेपकर्ताहरुले बचत गरेको पैसामा ब्याज पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो