मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

जनकपुरधाम, ६ चैत । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार महोत्तरीको भंगहा नगरपालिका-५ का ३५ वर्षीय कैलास साहको मृत्यु भएको हो । उनी लोसपाका भंगहा- ५ का अध्यक्ष तथा निर्माण व्यवसायी हुन् ।

उनी सबार मधेश प्रदेश ०२-००७ प ४२६४ नम्बरको मोटरसाइकल सोमबार राति जनकपुर-ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटना भएको थियो । जनकपुरतर्फ आउन लागेको बेला राति साढे १२ बजे दुर्घटना हुँदा गम्भीर घाइते उनलाई उपचारको लागि ढल्केवर स्वास्थ्यचौकी पश्चात प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । उपचारको क्रममा राति करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकमै सवार अन्य एक व्यक्ति मोटरसहित फरार छन् । फरार व्यक्तिको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने