‘शैतान’ बन्यो धेरै कमाउने भारतीय हरर फिल्म

काठमाडौँ, ६ चैत । बलिउड अभिनेता अजय देवगणको जादू बलिउडको बक्स अफिसमा चम्किएको छ । उनी अभिनित ‘शैतान’ले प्रदर्शनको दोस्रो सातामा पनि दर्शकको राम्रै साथ पाएको छ ।

पहिलो साता ८१.६० करोड भारु कमाएको फिल्मले दोस्रो शुक्रबार ५.१२ करोड भारु कमायो । शनिबार ९.१२ करोड भारुको कलेक्सन थियो । योसँगै फिल्मको कलेक्सन ९५ करोडभन्दा बढी रह्यो । आइतबार फिल्मले १० करोड हाराहारीमा कलेक्सन गरेको भनिएको छ । योसँगै नेट कलेक्सन १०० करोडभन्दा बढी पुगेको छ । आइतबारसम्मको कुल कलेक्सन १०५ करोड देखिन्छ ।

योसँगै शैतान धेरै कमाउने भारतीय हरर फिल्म समेत बनेको छ । अहिले पनि हलमा चलिरहेकाले कमाइमा वृद्धि हुनसक्छ । यसअघि ‘राज ३’ ले ७० करोड भारु कमाएको थियो । ‘रागिनी एमएमएस २’ ले ४६.७८ करोड भारु, ‘भूत पार्ट १’ ले ३०.६८ करोड भारु र ‘एकथी डायन’ले २६.८१ करोड भारु कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।