रुसमा युक्रेनको ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु

मस्को, ५ चैत । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् । तर, दमकलले केही समयपछि निभाएको थियो । 

रिफाइनरीमा आगलागी हुँदा एक कर्मचारीलाई हृदयाघात हुँदा उनको मृत्यु भएको हो । अधिकारीहरूका अनुसार युक्रेनले विगत केही दिनदेखि लगातार रुसको रिफाइनरी र तेल भण्डारलाई निशाना बनाउँदै आएको छ । रुसी रक्षा मन्त्रालयले रातारात ३५ युक्रेनी ड्रोन खसालेको बताएको छ । तीमध्ये चार ड्रोन मस्कोमा खसालेका थिए । मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीको डोमोडेडोभो एयरपोर्ट नजिकै आइतबार बिहान पाँचौं ड्रोन खसालेको बताए । 

दुई ड्रोन कलुगा क्षेत्रमा र चार ड्रोन यारोस्लाभ क्षेत्रमा खसालेका थिए । अधिकांश युक्रेनी ड्रोन बेल्गोरोड, कुर्स्क र रोस्तोभ क्षेत्रहरू र दक्षिणी क्रास्नोडार क्षेत्र जस्ता युक्रेनको सीमाना क्षेत्रमा खसालेको मन्त्रालयले जनाएको छ । गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आइतबार बिहान बेलगोरोडमा गोलाबारीका क्रममा १६ वर्षीया बालिकाको मृत्यु भएको बताए । सोही क्रममा उनका बुवा घाइते भए । दोस्रो आक्रमणमा एक जनाको मृत्यु भएको छ । सोही क्रममा ११ जना घाइते भएका छन् । यसैबीच बेलायतको रक्षा मन्त्रालयले आइतबार रक्षा सचिव ग्रान्ट शाप्सले रुसी मिसाइलको धम्कीका कारण ओडेसाको भ्रमण रद्द गरेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । आज नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ ।